Thursday, May 15, 2025
देशकोशी प्रदेशउपप्रमुखद्वारा विद्यार्थीलाई न्यानो पोशाक
spot_img

उपप्रमुखद्वारा विद्यार्थीलाई न्यानो पोशाक

spot_img

भोजपुर – भोजपुर नगरपालिका वडा नं ५ तल्लो बोखिमस्थित जगदिश्वरी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले न्यानो पोशाक वितरण गरेकी छन्।

विद्यालयमा अध्ययनरत ६४ जना बालबालिकालाई उपप्रमुख शेर्पाले न्यानो पोशाक वितरण गरेकी हुन्। उनले विद्यार्थीहरूलाई मात्र नभई कार्यरत शिक्षकहरूलाई पनि टोपी र दोसल्लाले सम्मान गरेकी छन्।

उपप्रमुख शेर्पाले नगरभित्रका विद्यालयहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्य निरन्तर गर्दै आएको बताएकी छन्। उनले यसअघि पनि नगर क्षेत्रभित्रका विद्यालयहरूमा कपडा वितरण, कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरेको जानकारी दिइन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img