Friday, May 16, 2025
देशकोशी प्रदेशइटहरीको जुत्ता चप्पल महोत्सव उद्घाटन बिनै बिक्री वितरण सुरू
spot_img

इटहरीको जुत्ता चप्पल महोत्सव उद्घाटन बिनै बिक्री वितरण सुरू

spot_img

इटहरी- इटहरी चोकको पश्चिम लाइनमा सुरु भएको जुत्ता-चप्पल महोत्सवमा उद्घाटन बिनै बिक्रीवितरण गरिएको छ ।

शुक्रवार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उद्घाटन गर्ने भनिएको महोत्सव स्थानीय व्यापारीले अवरोध गरेपछि स्थगित भएको हो । मेयर पौडेललाई स्थानीय व्यापारीले आग्रह गरेपछि तत्कालको लागी उद्घाटन कार्यक्रम स्थगित गर्न आयोजक तयार भएको छ ।

उद्घाटनको कार्यक्रम स्थगित भए पनि बिक्री वितरण नरोकिने आयोजना समितिले जनाएको छ । इटहरी प्रथम जुत्ता चप्पल महोत्सव आयोजक समितिका अनुसार कर कार्यालयबाट अस्थायी पान लिएर कानुन सम्मत रूपमा व्यवसाय सञ्चालन गरिएको हो ।

इटहरी उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण प्रक्रिया पूरा गरिएको कार्यक्रम संयोजक होमनाथ उपाध्यायले बताए । कानुनले अनुमति दिएका सम्पूर्ण बस्तुको प्रक्रिया पुर्‍याएर बेच्न पाइने भएकाले सोही अनुसार गरिएको उनको भनाइ छ ।

सस्तो मूल्यमा नेपाली ब्रान्डका जुत्ता चप्पल पाउने भएपछि ग्राहकको आकर्षण बढेको हो । नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्यागी व्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने उदेश्यले आयोजना गरिएको समितिका अध्यक्ष उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनका नि वर्तमान अध्यक्ष नानिराज घिमिरेले बताए ।

मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहेकाले मेला अवधि भर विषेश छुटको व्यवस्था गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए । विहान ९ वजे देखि बेलुकी ७ वजे सम्म खुल्ला रहने,मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रवेश निःशुल्क रहेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img