Thursday, May 22, 2025
देशकोशी प्रदेशधरानमा तत्काल हवाईमैदान बनाउन सकिँदैन : मन्त्री किराती
spot_img

धरानमा तत्काल हवाईमैदान बनाउन सकिँदैन : मन्त्री किराती

spot_img

सुनसरी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा हवाईमैदान निर्माणको लागि मिहिनौ ध्ययन गर्नुपर्ने बताएका छन्। शुक्रबार धरानमा आयोजित सुनसरी उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै मन्त्री किरातीले मिहिन अध्ययन नगरी तत्कला धरानमा हवाईमैदान बनाउन नसकिने बताए।

उनले भने, “देशभर २२ वटा हवाईमैदान अलपत्र अवस्थामा छन् किनभने राम्रोसँग अध्ययन नगरी निर्माण गरिएका हुन्। धरानमा पनि हवाईमैदान निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ। प्राविधिकले यहाँ एकतर्फी मात्र उडान अवतरण गर्न सकिने बताएका छन्।”

उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएको बताउँदै सबैलाई सहभागी हुन आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय व्यापार व्यवसाय धरासायी बनेको बताउँदै राज्यले निजी क्षेत्रलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img