Thursday, June 12, 2025
देशकोशी प्रदेशइटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण

इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण

spot_img

इटहरी- इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण बढेको छ । सस्तो मूल्यमा जुत्ता चप्पल पाएपछि महोत्सवमा ग्राहकको भीड बढेको हो ।

यहाँ फस्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न ब्रान्डहरू राखिएको बताए । बच्चा, महिला, युवायुवती र ज्येष्ठ नागरिकलाई सहज हुने किसिमको जुत्ता चप्पल राखिएको छ । स्थानीय सुमन निरौलाका अनुसार महोत्सवमा बजारमा भन्दा सस्तो मूल्यमा जुत्ता किन्न पाउने र अन्य ग्राहकहरूलाई समेत आउन अनुरोध गरेका छन् ।

-Ads-

स्वदेशी उत्पादनलाई जोड दिएर मेला आयोजना गरिएको मेलाका व्यवस्थापक चक्र विष्टले बताए । इटहरी जुत्ता चप्पल महोत्सवमा तीन हजार मेडेलका जुत्ता चप्पल उपलब्ध हुने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताए । फागुन ११ गतेदेखि सुरु भएको मेलामा उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापित गरी बजार प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको उनको भनाइ छ ।

नेपाली जुत्ता चप्पलको बजारीकरण साथै प्रवर्द्धनमा जोड दिँदै नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरूका विभिन्न ब्रान्डका जुत्ता चप्पल विक्री गर्ने गरी मेला सञ्चालन गरिएको फुटवेर मेनिफ्याक्चरिङ्ग एसोसिएसन पूर्व अध्यक्ष नानीराज घिमिरेले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img