Thursday, December 5, 2024
देशकोशी प्रदेशपालिका गान र लोगो सार्वजनिक

पालिका गान र लोगो सार्वजनिक

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिकाको पालिका गान, पालिकाको लोगो सार्वजनिक गर्दै साँगुरीगढी गाउँकार्यपालिकाको आठौं स्थापना दिवस भेडेटारमा सम्पन्न भएको छ ।

कोशी प्रदेश आन्तरीक मामीला तथा कानून मन्त्री शमसेर राईको प्रमुख आतिथ्यतामा एवं साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दालिको अध्यक्षतामा स्थापना दिवसको अवसर पारेर साँगुरीगढी गाउँपालिकाको पालिका गान र पालिकाको लोगो सार्वजनिक गरिएको हो ।

कोशी प्रदेश आन्तरीक मामीला तथा कानून मन्त्री राइले एक कार्यक्रमका विच पालिका गान र लोगो सार्वजनिक गर्नु भएको हो । स्थानीय तहले आधिकारिक रुपमा आफ्नो उपस्थिति कोशी प्रदेशमा जनाएको छ । पालिकाको गौरव गान र लोगो सार्वजनिक गरेर पालिकाले नेपालको संघियतामा आफ्नो उपस्थिति जनाएको बताए ।

उक्त अवसरमा पालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार ठाकुर, जयराम श्रेष्ठ, सुर्य बहादुर भण्डारी, सुवास श्रेष्ठ, गुणराज भट्टराई लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी वरिष्ठ गायक कृष्णभक्त राई, पालिका गीत तथा लोगो छनौट समितिका गीतकार रमेशचन्द्र अधिकारी, कवि केजि सुब्बा, कलाकार डिल्लीकृष्ण आले, पालिका लोगो डिजाईनर कलाकार मुकुन्द प्रयास, पालिका गान गीतकार -संगीतकार नन्दु राई, गायिका जुनी राई, तथा गायक गायिकाहरुलाई नगद पुरस्कार सहित दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बु , जिल्ला प्रहरी कार्यलयका प्रमुख सुदन प्रसाद भारती, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, सातै पालिकाका प्रमुख तथा उपप्रमुख, विभिन्न दलका प्रमुख तथा पाटी प्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img