भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ०८१ दोश्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
हालसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको थियोे । सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्रेका थिए ।
स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिँदै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्थानीय नागरिकबाट आएका सल्लाह सुझावले गाउँपालिकाको आगामी दिनका योजनालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए । सार्वजनिक सुनुवाईले पालिकाको सेवा प्रबाहको बारेमा जनतालई सुसुचित हुन सहयोग पुग्ने उनको भनाइ छ ।
स्थानीय नागरिकको सल्लाह सुझाब तथा प्रतिकृयाले समृद्ध गाउँपालिका निर्माणमा सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।