धनकुटा । धनकुटामा रोकी राखेको लहरीमा पिकअप ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रकका चालक सिरहा गोलबजार घर भई धनकुटा नगरपालिका ९ बस्ने ३० वर्षीय निरज ठकुरी रहेका छन् । ठकुरी लहरीमा ग्यास लोड गर्दै गर्दा पिकअपले ठक्कर दिँदा लहरीमाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुवाबाट सब्जी लोड गरेर धरानतर्फ जाँदै गरेको बा.प.०१–०२६च ८९९२ नम्बरको पिकअप गाडी धनकुटा नगरपालिका ६ स्थित कोल्डस्टोरमा रोकिराखेको बा.प.०१–००६ख ४६५२ नम्बरको लहरीमा ब्रेक फेल भई ठोकिएको थियो। पिकअपले एक मोटरसाइकल र स्कुटरलाई समेत क्षति पुर्याएको छ।
पिकअप चालक चेतबहादुर बिसुङ्खेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख श्याम सिंह चौधरीले बताएका छन् ।