देशकोशी प्रदेशझापामा तीन राउण्ड गोली हानेर हात्ती मारिएको पुष्टि

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारिएको पुष्टि

झापा | गत मंगलबार झापाको चारकोसे क्षेत्रमा मृत भेटिएको हात्तीलाई तीन राउण्ड गोली हानेर मारिएको पुष्टि भएको छ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार, हात्तीको कानको छेउमा गोली लागेको भेटिएको छ। हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउमा गोली हानेर हात्ती मारिएको हुनसक्ने अनुमान छ।

कार्यालयका अनुसार, हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि जानकारी दिइएको छ। धेरै भित्र गोली पसेकाले झिक्न नसकिएको बताइएको छ। कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउन गोली झिक्न नसकिएको पनि प्रमुख राईले बताएका छन्।

प्रारम्भिक अनुसन्धानमा हात्ती मारेर आराले दारा काटेको देखिएको छ। यससम्बन्धमा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजले तत्काल घटनाको विषयमा छानबिन गरेर दोषीलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेको छ।

यो घटनालाई सामान्य रूपमा हेर्न नहुने भन्दै समाजका अध्यक्ष देवेन्द्र खरेलले जघन्य अपराध भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img