Saturday, June 14, 2025
देशकोशी प्रदेशमोरङको पथरीशनिश्चरेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

मोरङको पथरीशनिश्चरेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

spot_img

मोरङ | मोरङको पथरीशनिश्चरेमा मिक्स गिट्टी बोकेको टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा दिउँसो २ः३० बजेतिर दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।

-Ads-

उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएकोहो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । क्षतिग्रस्त मोटरसाइकल पनि प्रहरीकै नियन्त्रणमा छ ।

उक्त टिपर निर्माणाधीन पूर्व–पश्चिम राजमार्गमा निर्माण सामग्री ओसारपसारका लागि प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img