देशकोशी प्रदेशतेह्रथुममा १० घण्टाको अन्तरालमा जेठाजु–बुहारीको मृत्यु, गाउँ नै शोकमा

तेह्रथुममा १० घण्टाको अन्तरालमा जेठाजु–बुहारीको मृत्यु, गाउँ नै शोकमा

कोशी | तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्मा पुरुन्दीनमा एकै परिवारका दुई सदस्यको १० घण्टाको अन्तरालमा मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ।

६९ वर्षीय तृलोचन भट्टराई र उनका सहोदर भाइकी पत्नी ५९ वर्षीया खेमकुमारी भट्टराईको मृत्यु १० घण्टाको अन्तरमा भएपछि परिवार मात्र होइन, सिंगो गाउँ नै स्तब्ध भएको हो।

खेमकुमारी भट्टराईको उपचारकै क्रममा विराटनगरको नोबेल अस्पतालमा शुक्रबार बिहान १:४५ बजे निधन भएको थियो। उनी केही समयदेखि बिरामी थिइन्। त्यही दिन बिहान १० बजे दीर्घरोगी तृलोचन भट्टराईको घरमै मृत्यु भएको परिवारले जनाएको छ।

परिवारका दुई सदस्यको लगातार भएको निधनले गाउँमा शोकको वातावरण छाएको छ। स्थानीय पिगुवा खोला घाटमा दुवैको एउटै समयमा अन्त्येष्टि गरिएको थियो। मलामी जाने सबै स्तब्ध देखिन्थे।

एकै परिवारमा छोटो समयमै भएका दुःखद मृत्युहरूले गाउँमा नै शोक छाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img