Saturday, July 19, 2025
देशकोशी प्रदेशसबैभन्दा बढी बेरुजु इटहरी उपमहानगरमा, १ अर्ब २६ करोड रुपैयाँ

सबैभन्दा बढी बेरुजु इटहरी उपमहानगरमा, १ अर्ब २६ करोड रुपैयाँ

spot_img

इटहरी | देशभरका ११ उपमहानगरपालिकामध्ये सुनसरीको इटहरी उपमहानगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ। हालसम्म इटहरीमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु विवरण देखिएको हो। चालु आर्थिक वर्षमा मात्रै इटहरीमा १६ करोड २१ लाख रुपैयाँ बेरुजु थपिएको छ, तर फर्छ्यौट शून्य रहेको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार, बेरुजुको दोस्रो स्थानमा जनकपुर उपमहानगरपालिका रहेको छ। त्यसपछि क्रमशः तुलसीपुर, जितपुर सिमरा, कलैया, घोराही र हेटौंडा उपमहानगरहरू रहेका छन्।

- Advertisement -

धरान उपमहानगरपालिकामा ४१ करोड ९६ लाख रुपैयाँ बेरुजु देखिएको छ। चालु वर्षमा मात्र ८ करोड ७६ लाख रुपैयाँ थपिए पनि १ करोड ६७ लाख रुपैयाँ बेरुजु रकम फर्छ्यौट प्रक्रियामा राखिएको छ।

उपमहानगरहरू मध्ये सबैभन्दा कम बेरुजु बुटवल उपमहानगरपालिकामा मात्र ३ लाख ३८ हजार रुपैयाँ देखिएको छ।

यसले स्थानीय सरकारहरूको वित्तीय अनुशासन र पारदर्शितामाथि प्रश्न उठाएको छ। लगातार बढ्दो बेरुजु समाधान गर्न तीव्र सुधार र जवाफदेही प्रणाली आवश्यक देखिन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img