Monday, April 28, 2025
देशकोशी प्रदेशबालाचतुर्दशी मेलाका दिन षडानन्दमा सार्वजनिक बिदा
spot_img

बालाचतुर्दशी मेलाका दिन षडानन्दमा सार्वजनिक बिदा

सुनसरी : भोजपुर जिल्लाको षडानन्द नगरपालिकाले बालाचतुर्दशी पर्वका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

गत मंसिर १ गते बुधबार बसेको कार्यपालिकाको बैठकको अनुसार बालाचतुर्दशी मेलाको अवसरमा दुई दिन बिदा दिन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बिक्रम बस्नेतले जानकारी दिएका हुन् ।

उनका अनुसार मंसिर १६ गते र १७ गते नगर क्षेत्रको स्थानीय बिदा र १८ गते शनिबार रहेका कारण बिदा दिएको छ । उनका अनुसार नगरपालिकाअन्तर्गतका विषयगत कार्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्था ( आकस्मिक बाहेका) र विद्यालय बन्द रहनेछन् ।

नगरपालिकाले धार्मिक अवसरमा लाग्ने मेलाको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ । यो मेलामा जिल्लाका साथै छिमेकी जिल्ला सङ्खुवासभा , खोटाङ र आसपासका जिल्लाबा समेत मेला हेर्न आउने गर्दछन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img