सुनसरी : काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका-७ स्थित कालिदेवी आधारभुत विद्यालयलाई लियो क्लब अफ रेसुङ्गाले पुस्तकालय हस्तान्तरण गरेको छ ।
लियो क्लब अफ रेसुङ्गाले आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरेको पुस्ताकालय विद्यालयलाई हस्तान्तरण गरेको हो । सो पुस्तकालयले विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान हासिल गर्न सजिलो हुने कार्यक्रमका प्रमुख अतिथी मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोक बहादुर वाइबाले बताएका छन् ।
नगरपालिकाले शिक्षा क्षेत्रको विकासका लागि नयाँ नयाँ कार्यक्रम ल्याएको बताउँदै नगरप्रमुख वाइबाले भने, ‘बालबालिकालाई गुणस्तरिय शिक्षा प्रदान गर्न नगरपालिकाले सधै प्रयन्तमा गरिरहेनेछ ।
विद्यार्थीलाई पुस्कालयको उचित सदुपयोग गर्न आग्रह गर्दै, कार्यक्रमका विषेश अतिथि लियो क्लबका डिस्ट्रिक प्रेसिडेन्ट प्रकाश थापाले आगामी दिनमा पनि आफुहरुले विद्यालय र नगरपालिकासँग सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुस्कालय प्रयोगमा आएपछि विद्यार्थीले किताबमार्फत धेरै ज्ञानगुणका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् भन्दै वडा नम्बर ७ का वडाध्यक्ष नारायण प्रसाद लम्साल, वडा नम्बर ८ वडाध्यक्ष झलक प्रसाद पौडेल, विद्यालयका प्रधानाध्यपाक जयराम डोटेल, लियो क्लब अफ रेसुङगाका अध्यक्ष अन्जलि तिवारी लगायतले मन्तव्य पनि राखेका थिय । बेथानचोक खबर डटकमबाट साभार भएको छ ।