Saturday, May 17, 2025
शिक्षासिटिइभिटीले निकाल्यो अत्यन्त जरुरी सूचना, रोकियको नतिजा कहिले प्रकाशन हुन्छ ? (सुचना...
spot_img

सिटिइभिटीले निकाल्यो अत्यन्त जरुरी सूचना, रोकियको नतिजा कहिले प्रकाशन हुन्छ ? (सुचना सहित)

spot_img

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिष्द (सिटिइभिटी)ले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यासायिक तालीम परिषद्‌ अन्तर्गत संचालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स), आङ्गिक शिक्षालय, परिषद्संगको साझेदारी शिक्षालय र निजि स्तरमा संचालित बिभिन्न तहका कार्यक्रमहरुको कोभीड-१९ को कारण बैकल्पिक माध्यमबाट पठन पाठान भएको थियो ।

त्यो अवधिमा कम्तमि १५% प्रशिक्षण शुल्क छुट दिने निर्णय गरेर सिटिइभिटीले सूचना समेत प्रकाशन गरेको थियो । तर हाल देशका विभिन्न शिक्षण संस्थाहरुले १५% छुट नदिएको भन्दै लिखित गुनासो तथा उजुरी परिषद्‌ कार्यलयमा विद्यार्थीहरु तथा अभिभावकबाट प्राप्त भएको परिषद्ले जनायको छ ।

सिटिइभिटी अन्तरगतका सातै प्रदेश कार्यलयबाट आफ्नो भौगोलिक क्षेत्रमा परेका शिक्षण संस्थाहरुले बैकल्पिक विधिबाट पठन्‌-पाठन भय अबधिको उक्त शुल्क मिनाह गराउन आवश्यक प्रक्रिया अपनाउन अनुरोध गरेको छ ।

बिभिन्न संकायका परिक्षा भयको एक बर्ष हुन लाग्दा पनि पुर्ण रुपमा नतिजा प्रकाशनमा भने ढिलाइ गरेको छ । नतिजा प्रकाशना नहुँदा बिभिन्न थरिका आरोप पनि खेपिरहेको छ । आयुर्वेद, दन्त चिकित्सा, डायग्नोस्टिक रेडियोग्राफी र नेत्र विज्ञान संकायका प्रथम वर्षको परीक्षाको नतिजा पुष एक गते प्रकाशन गरेको थियो । अन्य संकायका नतिजा पनि छिट्टै प्रकाशन हुने जनायक छ ।

img 6969

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img