Saturday, May 24, 2025
समाजओमिक्रोनको संक्रमणबाट जोगाउन 'अधिकांश खोप विफल'
spot_img

ओमिक्रोनको संक्रमणबाट जोगाउन ‘अधिकांश खोप विफल’

spot_img

काठमाडौँ — विश्वभरबाट प्रकाशित भइरहेका प्रारम्भिक अध्ययन रिपोर्टहरुका अनुसार कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट जोगाउन प्राय सबै खोप निष्प्रभावी रहेको देखिएको छ ।

यद्यपि खोपले जटिल प्रकारको कोभिड–१९ हुनबाट जोगाउने देखिन्छ । जुन अहिलेको सन्दर्भमा निकै महत्त्वपूर्ण लक्ष्य हो । यस्तै, फाइजर र मोडर्नाका खोप बुस्टरसहित लगाएमा भने केही हदसम्म संक्रमण फैलनबाट पनि रोक्न सक्ने देखिएको छ । तर, यी खोपहरु विश्वका धेरै स्थानमा उपलब्ध छैनन् ।

एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र चीन र रसियामा उत्पादित खोपहरूले ओमिक्रोनको संक्रमण फैलनबाट रोक्नका लागि अत्यन्तै थोरै मात्रै सक्षम रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको दाबी भइरहेको छ । र, विश्वका अधिकांश देशहरुले आफ्नो नागरिकहरुलाई संक्रमणबाट जोगाउन ती खोप नै प्रयोग गरिरहेको हुँदा यसको महामारीमा दुरगामी असर पर्ने देखिएको छ ।

खोप लगाउने दर निकै कम भएका देशहरूमा बसोबास गर्ने मानिसहरु बीच संक्रमण फैलिनुले थप नयाँ भेरिएन्टको उत्पत्ति हुने डरलाई पनि बढाएको छ । एकातर्फ ओमिक्रोनविरुद्ध खोपहरु निष्प्रभावी रहेका खबर बाहिर आउनु र अर्कोतर्फ गरिब मुलुकमा खोप लगाउनेहरूको संख्या कम हुनुले पनि थप जटिलता बढाएको छ ।

हाल सार्वजनिक भएका अधिकांश अनुसन्धान रिपोर्टहरु प्रयोगशालामा गरिएको परीक्षणमा आधारित हुन् । ती अनुसन्धानले शरीरको समग्र रोग प्रतिरोधी क्षमताले कसरी काम गर्छ र वास्तविक जनसंख्यामा खोपको प्रभाव कस्तो देखिन्छ भन्ने विषय समेटेको छैन । तर, परिणाम भने आश्चर्यजनक नै छ ।

फाइजर र मोडर्ना खोप ‘एमआरएनए’ प्रविधिमा आधारित नयाँ खोप हो । जसले कुनैपनि प्रकारका भेरिएन्टविरुद्ध सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । अन्य सबै खोप भने शरीरको रोग प्रतिरोधी प्रतिक्रियालाई जगाउने पुरानो विधिमा आधारित छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img