इटहरी : सुनसरीको बर्जु गाउँपालिका-२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरीको बर्जु गाउँपालिका-६ का २२ बर्षिय रञ्जित चौधरी रहेका छन् । को २१ प ९४४६ नम्बरको मोटरसाईकलले साईकल यात्री बर्जु गाउँपालिका-१ का ४५ बर्षिय चमरु ऋषिदेवलाई ठक्कर दिँदा दुबै जना घाईते भई नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको छ ।
उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृ´त्यु भएको हो । घटनाको विषयमा इलामा प्रहरी कार्यलय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।