इटहरी : सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो बेलुका साढे ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-१ स्थित बि.एस. होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो ।
होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान , म्याग्जिन ४ थान, ७.६५ एमएमको गोली ३ राउण्ड बरामद गरिएको हो ।
निजहरुबाट मोबाइल १ थान, बिहार पचाँस ०१४९ नम्बरको मोटरसाईकल र भारतिय २ हजार रूपैयाँ समेत बरामद भएको छ । पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।