Thursday, May 22, 2025
देशकोशी प्रदेशहोमवर्क नगरेको भन्दै १० वर्षीया छात्रामाथि निर्घात कुटपिट
spot_img

होमवर्क नगरेको भन्दै १० वर्षीया छात्रामाथि निर्घात कुटपिट

spot_img

इटहरी : इटहरी उपमहानगरपालिका-२ मा रहेको चन्द्र मेमोरियल इङ्लिस स्कुलमा पढ्ने कक्षा ५ मा अध्ययनरत १० वर्षीया छात्रा सुरक्षा तामाङमाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको छ । होमवर्क नगरेको भनेर स्कुलमका कम्प्युटर शिक्षक सुजन दाहालले कुटपिट गरेका छन्।

घाइते बालिकाका अनुसार शिक्षक दाहालले होमवर्क गर्न नसकेको भन्दै देब्रे हातको पाखुरामा निर्घात कुटपिट गरेका हुन् । ‘होमवर्क गर्न नसक्दा सरले बेस्सरी पिट्नुभयो,’ पीडित बालिकाले भनिन्, ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’

कुटाइका कारण पीडित बालिकाको पाखुरा सुन्निएको छ भने निलडाम हुने गरि कुटेको देखिन्छ । मेडिकल उपचारको लागि जाँदा पाखुरामा रगत जमेको पाइएको छ । चिकित्सकले केही साताका लागि औषधि दिएका छन् ।

यो घटना भएपछि कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी आमा वीरमाया तामाङले कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्ने माग राखेकी छन् ।

‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुटपिट गर्ने पाइन्छ र , शिक्षकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ वीरमायाले भनेकीछिन् । विद्यालयका प्रधानाध्यापक देवकुमार दाहालले शिक्षकबाट कुटपिट भएको जानकारी प्राप्त भएको भन्दै वास्तविकता बुझ्ने प्रयास भइरहेको बताए । यो समाचार राजधानीबाट साभार भएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img