सुनसरी : झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकामा शान्ति आदर्श माध्यमिक विद्यालयमका ४६ जना विद्यार्थी र ४ जना अभिभावकलाई न्यानो कम्बल वितरण गरिएको हो ।
कञ्चनजंघा एफ एमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीको संयोजन र जेष्ठ नागरिक जिल्ला संघ झापाको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्बल हस्तान्तरण गर्दै महावीर अग्रवालले आफुले निरन्तर यस्ता सहयोगमा लागिरहने सबैको सहकार्यबाट काम भएको बताएका छन् ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति वडा नम्बर-६ का अध्यक्ष शम्भुप्रसाद पौडेल,जेष्ठ नागरिक जिल्ला संघ झापा अध्यक्ष हरि ओली, समाजसेवी लिना भण्डारी,पुर्व विद्यार्थी समाजका प्रमोद खतिवडा,विद्यार्थी,अभिभावक र स्थानीयको सहभागिताले कम्बल वितरण गरिएको छ ।
शान्तिनगरको आयोजनामा कम्बल वितरण कार्यक्रम बिर्तामोडका महाविर अग्रवालको सहयोगमा ५० थान कम्बल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अनिल खतिवडाले बताएका छन् ।