Friday, May 16, 2025
देशकोशी प्रदेशक्यान्सर विरामी प्रिस्कालाई आर्थिक सहयोग जुट्दै
spot_img

क्यान्सर विरामी प्रिस्कालाई आर्थिक सहयोग जुट्दै

spot_img

सुनसरी : सुन्दरहरैंचामा रहेको सिद्वार्थ स्कुलमा अध्ययनरत कक्षा-२ मा पढ्ने प्रिस्का पराजुलीकाे परिवारलाई आर्थिक सहयाेग जुटेकाे छ । प्रिस्कालाई सानै उमेर देखि गम्भीर विरामी क्यान्सर भएर २ बर्ष देखि भारतमा उपचारकाे क्रममा रहेकी छिन् ।

मोरङ जिल्लाको सुन्दरहरैंचामा रहेको सिद्धार्थ स्कुलद्वारा उपचार सहयोगका लागि विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बिरामी नानीको हजुरबुवा भीमबहादुर चौहानलाई रु. १ लाख ५६ हजार ९ सय ६० रूपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

विद्यालयका शिक्षक कर्मचारीबाट रु. ४३ हजार ७ सय ६० रुपैया तथा विद्यालयबाट रु. ११ हजार प्रात्त भएर विरामी नानीकाे परिवारलाई हस्तान्तरण गरिएको छ । विद्यार्थीबाट सङ्कलित १ लाख २ हजार २ सय तथा अभिज्ञा आचार्य कक्षा-४ ले आफ्नो गुन्युचोली कार्यक्रम नगरी ५ हजार प्रदान गरेकी छिन् ।

साथै महिमा सम्बाहाम्फे कक्षा-२ ले साइकल किन्न जम्मा गरेको रकम पनि ५१ सय र कक्षा-१० मा अध्ययन गर्दै आएका अभिनव बस्नेतले नेपाल जेसिजद्वारा आयोजित राष्ट्रिय स्तरको वक्तृत्वकलामा प्रथम स्थान हासिल गरेकोमा ५ हजार प्रदान गरिएको विद्यालयका सहायक प्रिन्सिपल जेवि थुलुङले जानकारी दिएका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img