Sunday, February 16, 2025
देशलुम्बिनी प्रदेशमन्त्रीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रकलाई कारबाही

मन्त्रीको गाडीलाई साइड नदिएको भन्दै तीन ट्रकलाई कारबाही

कपिलवस्तु | लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको गाडीलाई साइड नदिएको आरोपमा तीनवटा मालवाहक ट्रकलाई कारबाही गरिएको छ।

हुलाकी राजमार्गअन्तर्गत कपिलवस्तु नगरपालिकाको सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको मन्त्री कार्कीको लु१झ ७३८ नम्बरको गाडीलाई साइड नदिएको भन्दै ट्रक चालकहरूलाई प्रहरीले जरिवाना गराएको हो।

५०० रुपैयाँ जरिवाना, ट्रक चालक आक्रोशित

प्रहरीका अनुसार कारबाहीमा पर्ने ट्रकहरू प्र.१०२००१ ख ८४७३, ३३५१, र ९२०७ नम्बरका रहेका छन्। मन्त्रीका निजी सुरक्षा अधिकृत (पीएसओ) हवल्दार कृष्णबहादुर खत्रीले ट्रकलाई रोकेर ट्राफिक प्रहरीमार्फत कारबाही गराएको बताइएको छ।

तर ट्रक चालकहरू भने यो घटनालाई ‘सत्ताको दम्भ’ भन्दै असन्तुष्ट देखिएका छन्। ट्रक चालक दिलबहादुर कटुवालले भने “हामी सामान्य गतिमा थियौँ, मन्त्रीको गाडीले ओभरटेक गरेर बाटो रोकेको थियो। त्यसपछि ट्राफिक बोलाएर जबरजस्ती जरिवाना गरियो। मन्त्री चिन्नु, नचिन्नु साइड मिररले निर्णय गर्ने कुरा त हैन नि!”

मैदा बोकेर नेपालगन्जबाट विराटनगर जाँदै गरेका ती ट्रक चालकहरूले आफूहरूलाई अनावश्यक दुःख दिइएको गुनासो गरेका छन्।

प्रत्यक्षदर्शीको दाबी— मन्त्रीकै गाडी तीव्र गतिमा थियो

मन्त्री कार्की भैरहवामा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी हुन बिहान ९ बजे भालुवाङबाट हिँडेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार मन्त्रीकै गाडी तीव्र गतिमा थियो।

तर मन्त्रीका पीएसओ हवल्दार खत्रीले भने ट्रक चालकहरूले मन्त्रीको गाडीको भिडियो खिच्दै बाटो अवरुद्ध गरेपछि कारबाही गरिएको दाबी गरेका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img