नुवाकोट | नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको निधन भएको हो।
दुर्घटना बुधबार दिउँसो २ बजे गल्छीबाट त्रिशुलीतर्फ जाँदै गरेको बा-३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा-५८ प २८०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको थियो। मोटरसाइकल जोगाउने क्रममा बस अनियन्त्रित भई सडक किनारको ढुङ्गामा ठोक्किएको थियो।
बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।