Thursday, February 6, 2025
देशकोशी प्रदेशभोजपुरमा बेमौसमी अकबरे खुर्सानी खेती प्रवर्द्धन अभियान सुरु

भोजपुरमा बेमौसमी अकबरे खुर्सानी खेती प्रवर्द्धन अभियान सुरु

कोशी | भोजपुरको अरुण गाउँपालिकामा बेमौसमी अकबरे खुर्सानी उत्पादन प्रवर्द्धन गर्न विशेष कार्यक्रम सुरु गरिएको छ। स्थानीय कृषक तथा व्यवसायीहरूको सहकार्यमा यो अभियान अघि बढाइएको हो।

अरुण गाउँपालिका-७, जगरेमा श्रीकुमार राईले विगत एक वर्षदेखि वाभुक कृषि तथा माछा फर्म सञ्चालन गर्दै आइरहेका छन्। माछापालनसँगै उनले बेमौसमी अकबरे खुर्सानी खेतीलाई व्यावसायिक रूपमा अघि बढाइरहेका छन्। सोही योजनालाई थप प्रवर्द्धन गर्न गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनदेखि बजारीकरणसम्म आवश्यक सहयोग उपलब्ध गराउने नीति लिएको छ।

फर्मका सञ्चालक श्रीकुमार राई नेपाली कांग्रेस अरुण गाउँपालिका सभापति पनि हुन्। उनको नेतृत्वमा नेपाली कांग्रेसका युवा नेताहरू राम आचार्य, ज्ञानेन्द्र दाहाल, ललित राई, लक्ष्मण राई लगायतको टिमले फर्म सञ्चालन गरिरहेको छ।

अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीका अनुसार स्थानीयस्तरमा कृषि उत्पादनलाई प्रवर्द्धन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको छ। ‘‘कृषिलाई व्यावसायिक बनाउँदै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो,’’ अध्यक्ष खत्रीले भने।

फर्मका सञ्चालक राईले राजनीतिलाई समाज सेवासँग जोडेर आर्थिक स्वावलम्बनमा जोड दिनु आवश्यक रहेको बताए। ‘‘राजनीतिमा संलग्न व्यक्तिहरूका लागि पारदर्शी आयश्रोत हुनु जरुरी छ। गरिखानका लागि वैकल्पिक व्यवसाय आवश्यक छ भन्ने अवधारणालाई व्यवहारमा लागू गर्न हामीले यो अभियान थालेका हौँ,’’ उनले भने।

बेमौसमी अकबरे खुर्सानी खेतीलाई थप प्रवर्द्धन गर्न किसानहरूलाई विशेष तालिम, उन्नत बीउबिजन, मलजल तथा आधुनिक प्रविधि उपलब्ध गराइने बताइएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस