Friday, January 17, 2025
देशमधेस प्रदेशसर्लाहीमा हुँदा झडप एक युवकको मृत्यु

सर्लाहीमा हुँदा झडप एक युवकको मृत्यु

जनकपुरधाम: सर्लाहीमा नगर अस्पतालका विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ। बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सेतोपाटीलाई जानकारी दिए।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो। अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो। स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो।

प्रहरी र स्थानीयबीच झडप भएको बरहथवा नगरपालिकाका उपमेयर रामबाबुप्रसाद साहले सेतोपाटीलाई बताए। निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो।

यो विषयमा विवाद भएपछि शुक्रबारका लागि नगरपालिकाले सर्वदलीय बैठक पनि राखेको थियो। तर तनावको स्थिति देखिएपछि सर्वदलीय बैठक स्थगित गरिएको नगरपालिकाले सूचना निकालेर जानकारी गराएको थियो।

नगर अस्पताल नगरपालिकाले नै चलाउनुपर्ने माग स्थानीयको छ। स्थानीयले शुक्रबार बजार बन्दसमेत गराएका थिए।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img