समाजडोटी भूकम्प : २ जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो

डोटी भूकम्प : २ जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो

डोटी – डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुई जनालाई धनगढी रेफर गरेको छ ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहोरा र ५० वर्षीया बिष्ना बोहोरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।

डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताए । यस्तै बिष्नाको हात भाँचिएको छ ।

अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img