Thursday, March 27, 2025
निर्वाचनघण्टी नबझाउन तोसिमा कार्कीलाई आयोगको निर्देशन

घण्टी नबझाउन तोसिमा कार्कीलाई आयोगको निर्देशन

काठमाडौं, निर्वाचन आयोगले ललितपुर–३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो । आयोगको आचारसंहिता अनुगमन समितिले आफूलाई फोनमार्फत यस्तो निर्देशन दिएको कार्कीले जानकारी दिइन्।

निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ। यसअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन।

उक्त आचारसंहिताको खण्ड (घ) मा ‘जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो, कपडा, टोपी, टि-सर्ट, मास्क वा लकेट वा झोला बोक्न नहुने’ उल्लेख छ। यसैअनुसार निर्वाचन आचारसंहिता अनुगमन समितिले कार्कीलाई चुनाव चिह्न घन्टी बजाउँदै चुनावी प्रचारमा नहिँड्न भनेको हो।

आयोगले यसअघि कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। तर सर्वोच्च अदालतले कार्कीको उम्मेदवारी कायम गरिदिएको थियो।

आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन्। अन्तरिम आदेशमार्फत उनको उम्मेदवारी कायम भएको थियो। सर्वोच्चको आदेशविरूद्ध निर्वाचन आयोगले भ्याकेट निवेदन पनि दिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img