समाजसुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

काठमाडौं: सवारी दुर्घटनामा निधन भएका मन्त्री पृथ्वीबहादुर सिंहको शोकमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय छ।

मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो। दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो । मेडिकल कलेजले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री सिंहको मृत्यु भएको पुष्टि गरेको हो।

मंगलबार दिउँसो दुई बजेतिरको समयमा डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो। गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहलाई केहीबेर स्थानीय क्लिनिकमा सामान्य उपचारपछि सेनाको हेलिकप्टरबाट कोहलपुर मेडिकल कलेज लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img