देशशुक्रबार रातिदेखि उपत्यकाका यी क्षेत्र बन्द गर्न प्रशासनको आदेश

शुक्रबार रातिदेखि उपत्यकाका यी क्षेत्र बन्द गर्न प्रशासनको आदेश

संक्रमण तीब्र रुपमा फैलिएपछि सरकारले उपत्यकामा थप कडाइ गर्ने निर्णय भएको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्।

उक्त आदेश अनुसार शुक्रबार रातिबाट विभिन्न क्षेत्र अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको छ। प्रशासनको आदेश अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना बन्द हुने भएका छन्।

यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम नगर्न प्रशासनले आदेश जारी गरेको छ। भौतिक उपस्थितिमा सञ्चालन हुने शैक्षिक संस्थाहरु, तालिम केन्द्र, कोचिङ सेन्टर, ट्युसन सेन्टर, कलेज, विद्यालय सञ्चालन नगर्न भनिएको छ।

विश्व विद्यालय वा आयोगका पूर्वनिर्धारित विशिष्ट प्रकृतिका छनौट परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने भए पनि अन्य परीक्षा समेत सञ्चालन नगर्न प्रशासनको आदेशमा भनिएको छ।

आदेश अनुसार शुक्रबार राति १२ बजेबाट यातायातमा जोरबिजोर समेत लागु हुने भएको छ। जोर गते जोर नम्बर भएका सवारी र बिजोर गते बिजोर नम्बर भएका सवारी मात्रै सञ्चालन हुन सक्ने छन्।

यो नियम निजी र सार्वजनिक यातायातमा लागू हुने प्रशासनको आदेशमा उल्लेख छ।औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img