समाजपलले दिएको बयानमा किन स्वीकार गरे यी कुरा ? पोखराको प्राइम होटलमा...

पलले दिएको बयानमा किन स्वीकार गरे यी कुरा ? पोखराको प्राइम होटलमा के भएको थियो ?

काठमाडौं ।

तनहुँ प्रहरीका अनुसन्धान अधिकृतलाई दिएको बयानमा शाहले क रणी अस्वीकार गरेका छन्। उनले मध्यरात नाबालिग गायिका सुतेको कोठामा गएर आफूले खाएर बाँकी रहेको बियर दिएर फेसवास लिएर फर्किएको बयान दिएका छन्।

‘राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदानप्रदान गर्दै अन्दाजी ११ः४५ बजेतिर हामीले खाएर बाँकी रहेको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका ध’केली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ,’ शाहले बयानमा भनेका छन्।

प्रहरीले लिएको बयानमा गायक खत्रीले भने आफू पहिल्यै सुत्न गएको र शाह कति बेला आफू सुतेको कोठामा आएर सुते भन्ने थाहा नभएको बताएका छन्।
शाहले गायिका १८ वर्षभन्दा कम उमेरको रहेको कुरा आफूलाई पूर्ण रूपमा जानकारी भएको बताएको पनि अभियोगपत्रमा उल्लेख छ।

नाबालिगले गत जेठ अन्तिममा फोन गरेर आफ्नो म’हि’नावारी रोकिएको बताएको पलले बयानमा भनेका छन्। त्यसपछि घटना मिलाउन असारमा पीडित, उनकी आमा, गायक दुर्गेश थापा, सरोज ओली, योगेश काजी र शाहका म्यानेजर जोशी बसेर छलफल गरी विवाह गर्ने सहमति भएको समेत शाहले बयानमा बताएका छन्।

‘तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो म’हि’नावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ भन्ने शब्दहरू म्यासेजमा मलाई पठाएकी थिइन्,’ शाहले बयानमा भनेका छन्, ‘पीडित पक्षले मलाई विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले उमेर पुगेको छैन भनेको थिएँ।’

क रणी अस्वीकार गरेका पलले ‘गर्लफ्रेन्ड–ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो’ भन्ने सार्वजनिक अडिओ रेकर्ड आफ्नो भएको स्वीकारेका छन्। जोशी सुरूमा मासिक २५ हजार रूपैयाँ तलब लिएर शाहका म्यानेजर बनेका थिए। नाबालिग क रणी घटना मिलाउन भन्दै शाहले दोब्बर तलब, मासिक ५० हजार दिएपछि म्यानेजर बसेको जोशीले बयानमा भनेका छन्। त्यसपछि यो घटना मिलाउन आफूले भूमिका खेलेको उनले स्वीकारेका छन्।

जोशीले नाबालिगलाई कानुनी कारबाहीमा जानबाट रोक्न उनका आफन्तलाई ५० लाख दिनेदेखि गीतसंगीतमा सहयोग गर्ने प्रलोभन दिएको स्वीकारेका छन्। उक्त प्रलोभन अस्वीकार गर्दा पीडितका आफन्तलाई ज्या’न मा’र्ने ध’म्कीसमेत दिएको पनि उनले स्वीकारेका छन्। उक्त म्यासेज पीडित पक्षले उजुरीमा समावेश गरेका थिए।

‘मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाऊ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले पीडितका आफन्तलाई नाबालिका के गर्छिन्, कसो गर्छिन्, हामीलाई खबर गर, तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छु भनेको थिएँ। तर भनेअनुसार काम नगरेकीले निजलाई ध’म्कीपूर्ण म्यासेज पठाएको थिएँ। निजले पेस गरेको म्यासेज मैले पठाएको हो। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मा’न्छे मा’र्न केहीजस्तो लाग्दै भन्ने शब्दहरू प्रयोग गरेको हुँ,’ जोशीले बयानमा भनेका छन्।

अभियोग पत्रमा जोशीले पीडितलाई ‘शाहसँग घुम्न जाँदा उनले भनेका सबै कुरा मान्नू, सम्बन्ध राख्नू, विवाह गर्छ, भविष्य राम्रो हुन्छ’ भनी ललाई-फकाई क’र’णी ग’र्न र क’र’णी गरिसकेपछि कसैलाई नभन्न, प्रहरीमा उजुरी न’ग’र्न दबाव दिएको उल्लेख छ। उनले भिडिओ सुटिङका क्रममा एउटै कोठामा बस्न बा’ध्य पार्ने लगायत मतियारको काम गरेको अभियोग पनि लागेको छ।

झुटो प्रेमको प्रलोभनमा पारेर प’ट’क’पट’क क रणी गरेको भन्दै पीडित नाबालिगका परिवारले शाहविरूद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा र १५ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए। उजुरी परेपछि बेपत्ता भएका शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।

जाहेरीमा शाहले पोखरा, तनहुँ, नवलपुर लगायत ठाउँमा क र’णीर यौ’न दु’र्व्य’वहार गरेको आरोप छ। गायिकाले करिब ३ महिनायता गीतसंगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाबारे जानकारी पाएको जाहेरीमा उल्लेख छ।

पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए। त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ।

शाहले माया-प्रेमको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रम बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ। यस्तै सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा प’ट’क’पट’क ब’ला’त्का’रको प्रयास गरेको उल्लेख छ।

पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रहरीमा नाबालिक गायिकाले दिएको बयानमा पोखराको प्राइम होटल, गैँडाकोटको रिसोर्ट र तनहुँका प्रदीप थापाको घरमा क’र’णी ग’रे’को बयान दिएकी छन् ।

नाबालिक गायिकाको बयान यस्तो छ:-
मेरो सानै देखि सांगितिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा भिडिओ सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेकाले हामीबीच माया प्रेम रही आएको अवस्थामा मिति २०७७/०९/१० गते पोखरास्थित प्राइम होटलमा, मिति २०७७/१२/०७ गते गैँडाकोटस्थित रिसोर्टमा क’र’णी ग’रे’का र मिति २०७८/०१/१४ गते तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टा छुट्टै कोठामा सुतेको अवस्थामा उक्त राति अन्दाजी १२ बजेतिर प्रतिवादीले म तिम्रो कोठामा आउँछु भनी म्यासेज गरी मेरो कोठामा आई मलाई विवाह गर्ने झूठो आस देखाई मैले हुँदैन भन्दा पनि ………….हुन् ।

प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविम शाहसँग घुम्न जाउ, निजले भनेको मान भनि फकाउने र भिडिओ सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बा’ध्य पारी ज’बर्ज’स्ती क’र’णी गर्ने कार्यमा सहयोग पुयाई मतियारको रुपमा रहेका हुन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img