Monday, April 28, 2025
समाजपल शाह : एकतर्फी प्रेम र विवाह अस्वीकार गर्दा कर णी भनेर...
spot_img

पल शाह : एकतर्फी प्रेम र विवाह अस्वीकार गर्दा कर णी भनेर फसाइयो

काठमाडौं :

जिल्ला अदालत तनहुँमा बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीहरूले एकतर्फी प्रेम अस्वीकार गर्दा फ’साइएको जिकिर गरेका छन्। पलका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अभियुक्त पलले नाबालिग गायिकालाई बहिनीको व्यवहार गरेको दाबी गरेका छन्।

‘पलले पीडित भनिएका व्यक्तिलाई बहिनीको व्यवहार गर्नुहुन्थ्यो, तर पीडित भनिएकीले एकतर्फी प्रेम गरेर विवाहका लागि दबाब दिइन्,’ वाग्लेले बहसमा आफूले गरेको जिकिर भने, ‘एकतर्फी प्रेम र विवाह अस्वीकार गर्दा कर णी भनेर फसाइयो।’

कर णी भनिएको मितिदेखि अहिलेसम्म चुप लागेर बस्नुले पनि घटना विश्वसनीय नभएको उनको जिकिर छ।२०७८ वैशाख १४ गते तनहुँमा कर णी भनेर दाबी गरेको भोलिपल्ट ढोरबाराही सँगसँगै घुमेको, सँगै सुटिङमा हिँडेको र त्यसपछि पनि प’टक प’टक भेटघाट भएको वाग्लेले बताए।

‘कर णी भएको भए कोरिबाटी चिटिक्क परेर सँगसँगै हिँड्ने, डुल्ने, घुम्ने हुँदैनथ्यो होला नि,’ उनले भने, ‘पीडित भनिएको पक्षले विवाह गर्न नमान्दा फसाएको प्रष्ट देखिन्छ।’अभियोग पत्रको बयानमा पीडितले अनुसन्धान अधिकृतसमक्ष यो’ ‘नीमा वि’ ‘र्य स्ख’ल’न गरेको बताएको र अस्पताल गएर झ्यालको कोठामा वि’ ‘र्य स्ख’ल’न ग’रेको भनेकाले पनि घटना स्वीकार्य हुन नसकेको उनले दाबी गरे।

बारदात भएको घरधनीले छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाएको र गायक कमल खत्रीले समेत पल आफूसँग सुतेको बताएको उनले जिकिर गरे। यसैका आधारमा पनि पल निर्दोष रहेको उनले दाबी गरे।

पीडितलाई नाबालिग भनिएकोमा पनि पलका कानुन व्यवसायीले अस्वीकार गरेका छन्।उनको जन्मदर्ता विद्यालयको रेकर्डमा खोज्न समेत अदालतसमक्ष उनले माग गरेका छन्।देशभरका स्टेज कार्यक्रमदेखि अन्य सांगीतिक समारोह र सुटिङमा समेत पीडित परिपक्व महिलाका रूपमा देखिएको पलका कानुन व्यवसायीको जिकिर छ।

‘एकतर्फी प्रेम र विवाहका लागि अधिकतम दबाब दिएको देखिन्छ,’ वाग्लेले भने, ‘विवाह नगरे ‘लाइफ ड्यामेज’ गरिदिन्छु भनेर पूरै बनावटी रूपमा लागेको देखिन्छ।’

बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका तर्फबाट वरिष्ठ अधिवक्ता वाग्लेसहित यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरू भानुभक्त सुवेदी, परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरे लगायत १२ जनाले बहस गरेका थिए।

यता, पीडितका तर्फबाट जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधीवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img