अर्थ व्यापारफेरि बढ्दै पेट्रोल र डिजेलको मूल्य

फेरि बढ्दै पेट्रोल र डिजेलको मूल्य

काठमाडौं | फेरि पेट्रोल र डिजेलको मूल्य बृद्दि हुने भएको छ ।

भारतमा पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ। भारतमा मूल्य बृद्दि हुदा नेपालामा पनि मूल्य बृद्दि हुने जनाकारहरु बताउछन ।

यसअघि भारतमा मंगलबार पनि पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रुपमा बढेको थियो। पछिल्लो चार दिनभित्र पेट्रोल र डिजेलको मूल्य २.४० भारुले बढेको छ। यो बढेको मूल्यसँगै देशको राजधानी दिल्लीमा पेट्रोलको मूल्य ९७.८१ रुपैयाँ र डिजेलको मूल्य ८९.०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। मुम्बईमा पेट्रोलको मूल्य ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य ११२.५१ रुपैयाँ प्रतिलिटर भएको छ। चेन्नईमा ७६ पैसाले बढेर १०३.६७ प्रति लिटर पुगेको छ।

किन देश भित्रै मूल्य फरक ?
पेट्रोल र डिजेलको मूल्य राज्य अनुसार फरक हुन्छ किनभने स्थानीय कर दरहरू राज्य अनुसार फरक हुन्छन्। जसको आधारमा इन्धनको मूल्यमा पनि फरक आउँछ।

मुडीज इन्भेष्टर्स सर्भिसले बिहीबारको एक रिपोर्टमा भारतका प्रमुख तेल कम्पनीहरू आईओसी, बीपीसीएल र एचपीसीएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न नदिइ यथावत राखेको बताएको छ। जसका कारण विगतमा कम्पनीहरूले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा बेहोरेका थिए।

नेपालमा असर
भारतमा पेट्रोलियम पदार्थको मूल्य वृदी भएसँगै नेपालमा पनि त्यसको असर पर्ने देखिएको छ । पेट्रोलिम पदार्थ भारतबाट नेपालमा किनेर ल्याइने भएकाले मूल्य थप घट हुदा नेपालमा प्रतक्ष्य असर पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img