न्युजकारखाना | काठमाडौं, ११ चैत
‘तपाईहरूको आर्थिक अवस्था कमजोर छ । मानव शरीरमा दुइटा मृ’गौला हुन्छन् । एउटा मृ’गौला झि’क्दा खासै फरक गर्दैन बरु आठ लाख बराबरको मोटो रकम पनि हात पर्छ ।’ उक्त कुरा सुनेपछि उनीहरू आफ्नो एउटा मृ’गौला बे’च्न त’यार भए ।
त्यसका लागि भारत जानुपर्ने भनियो । र, दुईजना आफ्नो एउटा मृ’गौला दिन तयार भए । त्यसबापत आठ लाख रुपैयाँ पाउनुपर्ने स’र्त अघि सारे । दुवै पक्ष तयार भएपछि उनीहरूलाई काठमाडौंको माछापोखरीस्थित होटल न्यू दक्षिणकालीमा राखियो । होटलमा राखेर मृ’गौला बिक्री गर्न लागिएको भन्ने लागेपछि दु’वै पीडितले प्रहरीलाई खबर गरे ।
यसरी ललाई-फकाई, आर्थिक प्’रलोभन देखाई मृ’गौला झि’क्न भारत लैजाने प्रयोजनार्थ माछापोखरी इलाकामा ल्याई राखिएको भन्ने सूचना प्रहरीले पायो । त्यसपछि महानगरीय प्रहरी वृत्’त बालाजुबाट प्रहरी टोली खटियो ।
प्रहरी टोलीले न्यू दक्षिणकाली होटलबाट मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं-४ बस्ने ३९ वर्षीय मोती लामालाई पक्राउ गर्याे । उनले बन्धक बनाएर राखेका दुई पीडितको समेत प्रहरीले उद्धार गर्यो । भारत लगेर मृ’गौला बेच्ने खोज्ने लामालाई प्रहरीले १६ फागुन राति पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको थुनछेक बहसपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।