समाजपल शाहको समर्थक माइतीघरमा

पल शाहको समर्थक माइतीघरमा

काठमाडौं : बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह ‘पल शाह’को पक्षमा माइतीघरमा प्रदर्शन भएको छ।

आफूलाई सामाजिक अभियन्ताको समूह बताउने ‘हाम्रो टिम नेपाल’ ले शुक्रबार विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

पल शाहलाई न्याय दे, पुरुष अधिकार सुनिश्चित गर, आरोप लाउँदैमा दोषी मान्ने प्रथा बन्द गर्, जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।

बिहीबार उच्च अदालत पोखराले पनि अभिनेता पल शाहलाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश दिएको छ। तारिखमा रिहाइको माग गर्दै शाहले उच्च अदालत कास्कीमा निवेदन दिएका थिए। जिल्ला अदालत तनहुँकै पुर्पक्षका लागि थुनामा पठाएको आदेशलाई उच्च अदालतले सदर गरेको हो।

जिल्ला अदालतको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालत पोखरामा निवेदन दिएका थिए।

:

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img