समाजट्रकको ठक्करबाट नेकपा एसका नेताको मृत्यु

ट्रकको ठक्करबाट नेकपा एसका नेताको मृत्यु

जनकपुरधाम । ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको मृत्यु भएपछि सप्तरीका स्थानीयले सोमबार अबेरसम्म पूर्व–पश्चिम राजमार्ग अबरूद्ध गरेका छन् ।

दुर्घटनामा नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु भएको हो । सप्तरीको खडक नगरपालिका– ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट चौधरी सुरुंगा नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलन गरेका थिए । आज बिहान अवस्था सामान्य छ ।

प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img