समाजबञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि फोहोरै नफालेरै फर्किन थाले

बञ्चरेडाँडा पुगेका गाडीमा तोडफोड भएपछि फोहोरै नफालेरै फर्किन थाले

काठमाडौं । बञ्चरेडाँडाका स्थानीयले ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिएपछि गाडीहरू फोहोर नफालेरै काठमाडौं फर्किन थालेका छन् ।

स्थानीयले फोहोर बोकेर गएका ट्रकमाथि तोडफोड गरेर फोहोर फाल्ने कार्यमा अवरोध गरेपछि फोहोर बोक्ने गाडीहरू काठमाडौं फर्किन थालेका हुन् ।

दिउँसो प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । मंगलबार प्रहरीको सुरक्षामा डेढ सय बढी ट्रक फोहोर फालिएको थियो ।

काठमाडौं उपत्यकाको फोहोर मंगलबारदेखि उठ्न थालेको छ । तर, स्थानीयले विभिन्न माग राखेर निरन्तर अवरोध गर्दै आएका छन् । मंगलबार पनि स्थानीयको अवरोधकाबीच बल प्रयोग गरेर फोहोर फालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img