अन्य
    अर्थ व्यापारलगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली

    लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली

    काठमाडौँ– लामो समयदेखि लगातार ओरालो लागेको सेयर बजारमा बुधबार हरियाली छाएको छ । नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०. ४४ अंकमा पुगेको छ । अधिकांश कम्पनीको सेयर मूल्य उकालो लाग्दा सीमित कम्पनीमा भने रातो देखिएको छ ।

    यो दिनको कारोबारमा ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँमा कारोबार भएको छ । यो दिन २१८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ५ वटाको हकमा सेयर मूल्य स्थिर छ ।

    आजको कारोबारमा लगानीकर्ताको आकर्षण फाइनान्स कम्पनीमा देखिएको छ । फाइनान्सतर्फको उपसमूहमा ५.०३ प्रतिशत वृद्धि भएको छ । बुधबारको कारोबारमा सबै उपसमूहमा हरियाली छाएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त, बलेफी हाइड्रोपावर र कालिका लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    त्यसैगरी यो दिनको कारोबारमा कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, कुमारी बैंक, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंक र अपि पावर शीर्ष स्थानमा छन् ।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०६ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २२ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...

    धेरै कमेन्ट गरिएका