Saturday, February 15, 2025
समाजसडक भासिएको ठाउँबाट दुई पुरुषको शव नदि बाहिर निकालियो

सडक भासिएको ठाउँबाट दुई पुरुषको शव नदि बाहिर निकालियो

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिएर मर्स्याङ्दी नदी किनारमा भएको दुर्घटनामा फेला परेका दुई पुरुषको शव निकालिएको छ।

सशस्त्र प्रहरी बल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा गएको गोताखोर सहितको टोलीले शव नदीभन्दा बाहिर निकालेको हो। शुक्रवार बिहान करिब साढे ४ बजे बा १० च ४६७९ नम्बरको कारको हुटर मात्र फेला परेको थियो।

नजिकै दुई जना पुरुषको शव भेटिएपछि सुरक्षाकर्मीको उद्धार टोली परिचालन गरिएको थियो। उद्धार गर्ने क्रममा ग १५ प २९५३ नम्बरको मोटरसाइकलमा सबार गोरखा सिरान चोक घर भएका ३५ वर्षीय केशव घिमिरे र अर्का एक व्यक्तिको शव निकालेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा अन्य मानिसहरु पनि परेको हुन सक्ने आशङ्कामा प्रहरीले खोजी तथा उद्धार जारी राखेको छ। नदीमा मोटरसाइकल र कारको पाट पुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ३ गते शुक्रवारको भाग्यफल

spot_img