Sunday, February 16, 2025
देशगण्डकी प्रदेशबागलुङमा बाढीपहिराबाट कराेडाैँकाे क्षति

बागलुङमा बाढीपहिराबाट कराेडाैँकाे क्षति

बाग्लुङ । यस वर्षको मनसुन सुरु नहुँदै परेको वर्षाका कारण बागलुङमा करोडौँको क्षति भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिने क्रममा छ । तर गत मङ्गबारदेखि बागलुङका विभिन्न ठाउँमा भइरहेको भीषण वर्षाका कारण दजनौँ घरपरिवार विस्थापित भएका छन् भने करोडौँ खर्चेर बनेका संरचना क्षत्विक्षत भएका छन् ।

जिल्लाको वर्षापछिको बाढी र पहिराका कारण जिल्लाको गलकोट नगरपालिकामा ३५ घरपरिवार पहिराको जोखिममा परेका छन् भने जैमिनी नगरपालिका–९ र १० मा १९ परिवार पहिराको जोखिममा परेका छन् ।

बुधबार साँझदेखि बिहीबार बिहानसम्म निरन्तर परेको वर्षाका कारण गलकोट र जैमिनी नगरका विभिन्न क्षेत्रमा रहेका खहरे खोला बढ्दा बाढीसँगै पहिरो चल्न थालेपछि बस्ती जोखिममा परेका हुन् ।

वर्षा सुरु भएसँगै जिल्लाभर त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक क्षत्विक्षत बनाउनुका साथै कैयौँ सडक अवरुद्ध भएका थिए । यस वर्ष पनि जेठको अन्तिम साता परेको वर्षाले गतसाल जस्तै क्षति गर्ने त्रास रहेको जैमिनी–१० का शिव श्रीस मगरले बताउनुभयो ।

“सडक बनाउँदा गाउँ जोखिममा परेको छ, बस्तीभन्दा तलमाथि दुवैतर्फ सडक छ”, उहाँले भन्नुभयो, “वर्षा हुँदा बाढी सबै गाउँमा पस्छ, बसिनसक्नुभएको छ गाउँ ।” जैमिनी–१० राङ्खानीको सिप्रिङ र तोरीबारी गाउँका १७ घर परिवार स्थानान्त्रण गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

“तत्कालका लागि तीन घर विस्थापित नै भए, अरु पनि बस्ती सार्नुपर्ने पहिलैदेखि आवाज उठेको हो”,उहाँले भन्नुभयोे, “बलवीर नेपाली, लालबहादुर नेपाली र मनबहादुर नेपालीको परिवार विस्थापित भएका छन् ।” वडा नं ९ पैँयुथन्थापमा पनि बाढी र पहिराका कारण दुई घर जोखिममा रहेका छन् ।

चालू आर्थिक वर्षमा करोडौँ खर्नेर स्तरोन्नति गरिएका गलकोट र जैमिनी नगरपालिकाका सडक पनि सवारी नै नचल्ने गरी बाढीले खोलेको छ । कालोपत्र भएका सडकमा समेत बाढीले ठूलो क्षति पु¥याएको नगरपालिकाको अनुमान छ ।

सडक निर्माणका क्रममा उचित भल व्यवस्थापन हुन नसक्दा बाढी र पहिराको क्षति व्यहोर्नुपरेको जैमिनी नगरपालिका–१ का टीकाराम शर्माले बताउनुभयो ।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पु¥याएको छ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीन वटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img