Saturday, May 17, 2025
समाजप्रधानमन्त्री पत्नी आरजुलाई संक्रमण पुष्टि
spot_img

प्रधानमन्त्री पत्नी आरजुलाई संक्रमण पुष्टि

spot_img

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी आरजु राणा देउवालाई कोरोना पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै आरजु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा क्वारेटाइनमा बसेकी छन् ।

आरजुलाई कोरोना संक्रमण भएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले स्वास्थ्य लाभको कामना गरेकी छन् । मन्त्री रेग्मीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

त्यसोत, पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि नेपालमा थप ५५ जनामा कोरोना देखिएको छ, भने १७ जना निको भएका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img