Saturday, September 7, 2024
समाजस्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु, सहचालकले चलाएका थिए बस
spot_img

स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु, सहचालकले चलाएका थिए बस

मोरङ । मोरङमा सहचालकले चलाएको स्कुल बसले ठक्कर दिँदा दुई विद्यार्थीको मृत्यु भएको खुलेको छ ।

रंगेली नगरपालिका–७ स्थित माउण्टेन मकालु बोर्डिङ स्कुलका सहचालक विजयी माझीले चलाएको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । गत मंगलवार को १ क ११३० नम्बरको बसले सोही स्कुलमा अध्ययनरत दुई बालबालिकालाई दिउँसो ४ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा रंगेली–५ का महादेव मण्डलका छोरा अन्दाजी ४ वर्षीय रितिक मण्डलको मंगलवार नै मृत्यु भएको थियो ।दुर्घटनापछि गम्भीर घाइते भएका रितिकलाई उपचारका लागि स्थानीय टाइम्स अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

बसको ठक्करबाट एलकेजीमा पढ्ने रंगेली–६ का नरेश मण्डलकी छोरी अन्दाजी ६ वर्षीया सुनमकुमारी मण्डल गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको छ ।

-Google Ads-

दुर्घटनामा गम्भीर घाइते भएकी बालिकाको विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्कुल छुट्टि भएपछि पैदल नै घरतिर जानका लागि सुनमकुमारी र रितिक विद्यालय गेटमा आइपुगेका थिए । गेटमै गाडीले उनीहरूलाई ठक्कर दिएको रंगेली प्रहरीले जनाएको छ ।

चालक राजकुमार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपानेले बताए ।

चालकले सहचालक माझीले गाडी चलाएका बेला दुर्घटना भएको प्रहरीमा बयान दिएका छन् । सहचालक माझी फरार छन् । उनको खोजी कार्य जारी रहेको रंगेली प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img