Saturday, May 17, 2025
राजनीतिलामिछाने नेतृत्वको पार्टी आयोगमा दर्ता, घण्टीमा घेरा लाग्यो
spot_img

लामिछाने नेतृत्वको पार्टी आयोगमा दर्ता, घण्टीमा घेरा लाग्यो

spot_img

काठमाडौं । सञ्चार क्षेत्र छाडेर राजनीतिमा आएका रवि लामिछानेले दल दर्ताको प्रमाणपत्र लिएका छन् ।

चुनावचिह्न भने गोलाकारभित्रको घण्टी पाएका छन् । लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको हो । दल दर्ता हुनेवित्तिकै शुक्रबारै उनलाई दल दर्ता गरेको प्रमाणपत्र समेत दिइएको निर्वाचन आयोगका जिम्मेवार पदाधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

लामिछानेले नेतृत्व गर्ने पार्टीको नाम विरुद्धमा परेका दुई उजुरीलाई आयोगले खारेज गरिदिएको छ । ऐनमा कतै पनि कुनै शब्दका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने छैन । आएका उजुरीको पनि कुनै औचित्य नभएको आयोगले जनाएको छ । ‘स्वतन्त्र’ शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा दुईवटा उजुरी परेका थिए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img