काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी शुक्रबार निर्वाचन आयोगमा दर्ता भएको छ ।
केही स्वतन्त्र उम्मेदवारहरुले पार्टीको नामप्रति विरोध जनाउँदै उजुरी दिए पनि आयोगले नाम दर्ता गरिदिएको हो । अब लामिछाने नेतृत्वको पार्टीको चुनावचिन्ह गोलाकारभित्रको घण्टी नै हुने भएको छ ।
आयोगले पार्टीको नाम १८७ नम्बरमा दर्ता गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीको केन्द्रिय समितिमा रहेका सदस्यहरुको नाम सार्वजनिक गरेका छन् ।