Tuesday, December 3, 2024
राजनीतिओलीको भविष्यवाणी ताईनातुई, देशभर रवि कै चर्चा !

ओलीको भविष्यवाणी ताईनातुई, देशभर रवि कै चर्चा !

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन अघि एउटा भविष्यवाणी गरेका थिए ।

उनले असार १७ गते नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नरहने र गठबन्धनसमेत भत्किने दाबी गरका थिए । तर, असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने सङ्केत मिलेको छ । सत्तारुढ गठबन्धन पनि कायमै छ । त्यसैले उनको भविष्यवाणी ताईनातुई भएको छ ।

देशभर रवि कै चर्चा
सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले इन्फो नेपाललाई जानकारी दिए । दल दर्ता पछि देशभर रवि कै चर्चा छ । पहिलो चरणमा बिजय प्रप्ता भैसक्यो भन्दै रविलाई बधाई तथा सुभकामना दिनेक ओईरोनै छ संजालमा ।

पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img