पाँचथर । जिल्लाको फालेलुङ–७, बिहिदिनमा पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ ।
पहिरोमा घरसँगै बगेर बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर, उनकी श्रीमति ३८ बर्षीया गोमा मगर र रुपलालकी भतिजि १९ बर्षीया एशिला मगरको मृत्यु भएको हो ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले रुपलाललाई शनिबार, गोमा र एलिशालाई आइतबार मृत फेला पारेको प्रहरीले जनाएको छ ।
शुक्रबार राती सवा १० बजेतिर माथिबाट झरेको पहिरोले रुपाललको घर सँगै उनीहरुलाई पनि बगाएको थियो ।