समाजकोरोना ह्वात्तै बढ्यो, एकैदिन थपिए यो वर्षकै बढी

कोरोना ह्वात्तै बढ्यो, एकैदिन थपिए यो वर्षकै बढी

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो । सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । यहाँ ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या बढेर ६७८ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img