Monday, February 17, 2025
समाजधरानका मेयर हर्कराज साम्पाङ राई हरेक शनिबार पानी ल्याउन जनतासँग काममा खटेरहे

धरानका मेयर हर्कराज साम्पाङ राई हरेक शनिबार पानी ल्याउन जनतासँग काममा खटेरहे

सुनसरी / धरानका मेयर हर्कराज साम्पाङ राई हरेक शनिबार पकुवा खोलामा पानी ल्याउने काममा खटिरहेका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफू प्रत्येक शनिबार पनि जनताकै काममा खटेका छन् । उनी त्यही प्रतिबद्धता अनुसार खटिपनि रहेका छन् । धरानको पकुवा खोलाबाट पानी ल्याउन उनी जनतासँग श्रमदान गरिरहेका हुन्छन् । आज पनि पकुवा खोलाबाट पानी ल्याउने विषयमा छलफल गरिएको छ ।

अहिले पानी ल्याउने काम अन्तिम चरणमा रहेको मेयर हर्क राई बताछन् । अहिले सामाजिक सञ्जाल र मिडिया जताततै पकुवा खोलाकै विषयमा चर्चा चलिरहेको छ ।

दुई हप्तापनि पकुवा खोलामै बिताएका उनले यो हिजो शनिबार पनि पकुवा खोलाबाट पानी ल्याउन श्रमदान गरिएका छन् । उनले शनिबार सयौं जनताको उपस्थितिमा पाइप तान्न सघाए ।

मेयर राई भीर–पहरा नभनी उनी जनतासँग खटिरहे थिए । पाइप तानेर फर्किँदा मेयर साम्पाङ भीरबाट चिप्लिएपनि उनीहरूमा कसैलाई समस्या भएन । भीर–पहरा नभनी धराने जनता, युवापुस्ताले बढीजसो साथ दिइरहेको पाइन्छ ।

अहिले पकुवा खोलामा पानी ट्याङकी निर्माणपछि पाइप बिछ्याउने काम अन्तिम चरणमा आएको छ । धरान उपमहानगरपालिका – ११ को ट्याङकीमा पानी खसाउन अब केहीदिन मात्रै लाग्नेछ ।

राम्रो कामका लागि जनताले समेत साथ दिने सन्देश मेयर साम्पाङ र धराने जनताले छरेको धरान- १७ का नारायण प्रधानले बताए । मेयर साम्पाङले मलाई कुल्ली भन्दा मन दुखाउ नभएको बताएका छन् ।

शनिबार मेयर साम्पाङले सर्दुखोलामा गिटी कुटेका छन् । उनले भने `गिटी कुट्दै उनले फेरि गाली खानुपर्ने हो कि भन्दै आशंका व्यक्त गरेका छन् । ‘अब गिटी कुट्न थालें, अब गिटी कुट्न पठाएको हो भन्दै गाली आउँछ, विपक्षीले खिसिटयुरी गर्न थाल्छन् ।’

यो अभियानले धरान–११ मा पानीको अभाव टार्न सकिन्छ । त्यहाँ पानी आइपुगेपछि मासिक ३० लाखसम्म बिजुलीको बिल बचत हुने मेयर साम्पाङको भनाइ छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img