Friday, February 14, 2025
समाजनेपालमा फेरि संक्रमित बढ्न थाले, एकै दिनमा धेरै थपिए

नेपालमा फेरि संक्रमित बढ्न थाले, एकै दिनमा धेरै थपिए

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४४ जना र १ हजार ३२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २१ हजार ३०१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४१ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ७६५ पुगेको छ । हाल नेपालमा ८ सय ७३ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img