Friday, December 6, 2024
देशकोशी प्रदेशरामधुनीमा १६ बर्षीय बालकको छुरा प्रहार गरी ह´त्या

रामधुनीमा १६ बर्षीय बालकको छुरा प्रहार गरी ह´त्या

सुनसरी / सुनसरीको रामधुनीमा १६ वर्षीय बालकको छुरा प्रहारबाट ह´त्या भएको छ ।

रामधुनी नगरपालिका- ६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी ह´त्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ७ बजेको घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाईते भएका थिए ।

खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी वि.पी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको थियो ।

घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा र घटनामा संग्लग्न रहेका बालकलाई पक्राउ गरिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img