पोखरा : बुधबार सार्वजनिक बिदा हुने भएको छ ।
भानुजयन्तिको अवसरमा गण्डकी सरकारले भोलि बिदा दिने भएको हो । गण्डकी प्रदेशको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।
असार २९ गते बुधबारका दिन गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको एक सुचना प्रकाशन गर्दै जानकारी दिएको छ ।
प्रदेश सरकारले सुचनामा भनेको छ: गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०७८।१२।१८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना वमोजिम मिति २०७९ साल असार २९ गते बुधबारका दिन भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशभर सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।