समाजनेपालमा एकैदिन ६३८ जनामा संक्रमण पुष्टि

नेपालमा एकैदिन ६३८ जनामा संक्रमण पुष्टि

Advertisement spot_img

काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २१५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय जना र २ हजार ८४० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३७ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार ७१४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

मकवानपुर: जाजरकोटमा  १४०० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प...
मकवानपुर: हेटौडामा मकवानपुर लिग क्वालिफाइ नक आउट फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबार मकवनपुर जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै संघले एन्फा मकवानपुर...
सुनसरी / धनकुटाको पाख्रीबास नगरपालिका -५ पन्चेभीर स्थितमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।मध्यपहाडी लोकमार्गको सिधुवाबाट भोजपुरतर्फ जाँदै गरेको प्रदेश नं. १-०२-००३...